अवैध मुद्रा निर्मलीकरण

अवैध मुद्रा निर्मलीकरण

प्रश्नः अवैध मुद्रा निर्मलीकरण भनेको के  हो ? नेपालले यस सम्बन्धमा गरेका व्यवस्था उल्लेख गर्नुहोस् ।    (१०)

गैरकानुनी सम्पत्तिको शुद्ध्रीकरण प्रयास

अवैध सम्पत्तिलाई वैध गराउने गैरकानुनी अपराध नै अवैध मुद्रा निर्मलीकरण हो । यसलाई सम्पत्ति शुद्धीकरण तथा मुद्रा निर्मलीकरणजस्ता नामले बुझिन्छ । यो मुद्राको अवैध स्रोतलाई लुकाउने, छिपाउने वा आधिकारिक स्रोतका रूपमा परिणत गर्ने संगठित अपराधको स्वरूप हो ।

राजस्व छली, संगठित अपराध, आतंकवादी क्रियाकलापमा लगानी, हातहतियार, खरखजाना, अवैध विदेशी विनियम, लागूऔषध व्यापार, प्राचीन स्मारक बेचबिखनजस्ता कार्य गरी आर्जित सम्पत्तिलाई वैध बनाउने प्रयास मुद्रा निर्मलीकरण हो । प्रचलित कानुनविपरीतको कसुर गरी सम्पत्ति लुकाउने, छिपाउने, लगानी गर्ने वा हस्तान्तरण गर्ने कार्यलाई नेपालमा अवैध मुद्रा निर्मलीकरण मानिन्छ ।

सम्पत्ति शुद्धीकरणमा विभिन्न जटिल तथा बहुचक्रीय प्रक्रियामार्फत राज्य संयन्त्रको दुरुपयोग गरेको पाइन्छ । निश्चित क्षेत्र, वर्ग वा देशमा मात्र सीमित नरहने यस्ता अपराधले राज्यको समग्र कानुनी वित्तीय र सुरक्षा प्रणालीलाई नै कमजोर बनाएको हुन्छ । यसबाट अपराधीलाई नै थप शक्तिशाली बन्न मद्दत पुग्छ ।

अवैध मुद्रा निर्मलीकरणका सम्बन्धमा 

  • नेपालले गरेका व्यवस्था
  • संवैधानिक व्यवस्था
  • प्रस्तावनामा कानुनी राज्यको अवधारणा उल्लेख भएको,
  • दिगो शान्ति, सुशासन, विकास र समृद्धिको 
  • आकांक्षा रहेको,
  • राज्यको नीतिमा राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षासम्बन्धी नीतिको व्यवस्था भएको,
  • न्याय र दण्ड व्यवस्थासम्बन्धी नीतिको व्यवस्था रहेको,
  • संसद्मा अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी नीति रहेको,

कानुनी व्यवस्था

  • सम्पत्ति शुद्धीकरण ऐन ०६४ र नियमावली ०६६ जारी,
  • सरकारी मुद्रासम्बन्धी ऐन ०४९ र नियमावली 
  • ०५५ रहेको,
  • सहकारी ऐन ०७४ तथा नियमावली ०७५ जारी,
  • सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सहकारी संस्थालाई निर्देशन ०७४,
  • सम्पत्ति शुद्धीकरण रणनीति तथा कार्ययोजना ०६८ जारी ।

संस्थागत व्यवस्था

  • सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग,
  • अर्थसचिवको संयोजकत्वमा एन्टी मनी लाउन्डरिङ समन्वय समिति,
  • डेपुटी गभर्नरको संयोजकत्वमा कार्यान्वयन समिति,
  • नेपाल राष्ट्रबैंकमा वित्तीय जानकारी एकाई,
  • सहकारी विभागमा सम्पत्ति शुद्धीकरण एकाई गठन,
  • प्राविधिक उपसमिति गठन आदि,

यसरी सम्पत्ति शुद्धीकरण वा अवैध मुद्रा निर्मलीकरण कार्यले मुलुकको वित्तीय प्रणालीको स्वरूप, अस्तित्व तथा विकासमा नकारात्मक असर पु¥याउँछ । यसको प्रभावकारी नियन्त्रणमार्फत मुलुकमा स्थिरता, स्थायित्व र समुन्नति कायम गर्नु आजको आवश्यकता हो । यो राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय चासो र महत्वको विषयसमेत हो ।

प्रश्नः नेपालको पर्यटन क्षेत्रको विकासका लागि चालिनुपर्ने कदम के–के हुन सक्छन् ? उल्लेख गर्नुहोस् ।    (५)

पर्यटनका लागि सँगसँगैघुमफिर, मनोरञ्जन तथा अन्य प्रयोजनार्थ आउने स्वदेशी तथा विदेशी पाहुना वा पर्यटकलाई यथोचित बसोबास, खानपानलगायत अन्य कुराको व्यवस्थापन गर्ने कार्यलाई पर्यटन भनिन्छ । पर्यटन एक व्यवसाय, उद्योग र आर्थिक क्रियाकलाप पनि हो । अतुलनीय प्राकृतिक र सांस्कृतिक अनुपमताले युक्त नेपालमा पर्यटनलाई तुलनात्मक लाभको क्षेत्रका रूपमा लिइएको भए पनि यसबाट अपेक्षित लाभ लिन भने नसकेको अवस्था छ ।

  • नेपालको पर्यटन क्षेत्रको विकासका लागि चालिनुपर्ने कदम,
  • पर्यटकीय सुरक्षा र संकट व्यवस्थापनलाई उच्च प्राथमिकतामा राख्ने,
  • नियमित र भरपर्दो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सेवा सञ्जालको विकासको 
  • व्यवस्था गर्ने,
  • पर्यटन क्षेत्रको विकासमा सरकारी तथा निजी क्षेत्रको भूमिकालाई सबलीकरण गर्ने,
  • दक्ष, सक्षम मानव संशाधनको विकास गर्ने,
  • नियमित र भरपर्दो ऊर्जा आपूर्तिको 
  • व्यवस्था गर्ने,
  • नयाँ पर्यटकीय स्थलको पहिचान र 
  • विकास गर्ने,
  • पर्यटकीय वस्तुको विविधीकरण र व्यावसायिकीकरणमा जोड दिने,
  • पर्यटकलाई सहुलियत सुविधा र प्याकेजको विस्तार गर्ने,
  • आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्ने,
  • कानुनी, प्रशासनिक, संस्थागत तथा व्यवस्थापकीय सुधारमा जोड दिने,
  • सूचना प्रविधि तथा तथ्यांकहरूको प्रयोग र पूर्वाधार बढाउने,
  • समन्वय, अनुगमन र मूल्यांकनमा जोड दिने,
  • अन्तर्राष्ट्रिय जगत्मा नेपालको ब्रान्डिङ गर्ने ।

अन्त्यमा
पर्यटन व्यवसाय नेपालको सन्दर्भमा आर्थिक विकास हासिल गर्ने प्रमुख माध्यम हो । सबै क्षेत्रको पहल र प्रयासबाट नेपाललाई प्रमुख पर्यटकीय गन्तव्य मुलुकको रूपमा स्थापित गर्नु आजको आवश्यकता हो ।