निकै महत्त्वपूर्ण GK , current affairs

निकै महत्त्वपूर्ण GK , current affairs

निकै महत्त्वपूर्ण GK 
♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦
१. जङ्गली हात्ती भगाउनका लागि साइरन ड्रोन निर्माण गर्ने नेपाली प्रतिभा को हुन् ?
✅झापाका अनिल प्रधान
२. विक्रम संवत् २०७६ असोज २८–३० सम्म काठमाडौँमा आयोजित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को अध्यक्षमा चयन हुन सफल व्यक्तित्व को हुन् ?
✅कुमार पन्त
३. विश्वव्यापी भोक सूचकाङ्कमा ‘ग्लोबल हङ्गर इन्डेक्स’ अनुुसार नेपाल कतिऔँ स्थानमा रहेको छ ?
✅७३औँ
४. राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमारका राष्ट्रपति उ विन मिन्टको निमन्त्रणामा पाँचदिने राजकीय भ्रमणका सन्दर्भमा कहिले त्यसतर्फ प्रस्थान गर्नुभएको हो ?
✅विसं २०७६ असोज २९
५. नेपाल र म्यानमारबीच पर्यटन र संस्कृतिका क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा कहिले हस्ताक्षर भएको हो ?
✅सन् २०१९ अक्टोबर १७
६. एसिया क्षेत्रीय बाख्रा विज्ञहरूको सम्मेलन नेपालमा कहिले सम्पन्न भएको हो ?
✅विसं २०७६ कात्तिक २–३
७. नेपालको मौरीपालन व्यवसायमा विशेषगरी कुन–कुन जातिका मौरी प्रचलनमा रहेका छन् ?
✅एपी सेरेना र मेला फेरा
८. प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) द्वारा सन् २०१९ अक्टोबरमा सार्वजनिक तथ्याङ्कअनुसार पर्यटक वृद्धिदरमा एसिया प्रशान्त क्षेत्रमा पहिलो स्थानमा रहन सफल राष्ट्र कुन हो ?
✅नेपाल
९. संयुक्त अधिराज्य बेलायतको वेल्स ब्रेकनमा आयोजित सैन्य अभ्यास (२०१९) मा स्वर्णपदक प्राप्त गर्ने सैन्य टोली कुन हो ?
✅नेपाली सेना
१०. जापानमा ठूलो जनधनको क्षति पु¥याउनेगरी ‘हागिविस’ नामक शक्तिशाली आँधी कहिले आयो ?
✅सन् २०१९ अक्टोबर १२
११. इटालीको संसद्ले तल्लो सदनमा सांसद सङ्ख्या घटाई कति कायम गर्ने पक्षमा मतदान गरेको छ ?
✅चार सय (हाल ः सांसद सङ्ख्या ६३० रहेको)
१२. नेपालको कुन ठाउँमा युद्ध स्मारक पार्क निर्माण गर्न थालिएको छ ?
✅कीर्तिपुर
१३. नेपालमा व्यावसायिक रूपमा टर्की चरा पाल्ने कार्यको सुरुवात कुन ठाउँमा गरिएको छ ?
✅कास्कीको बाटुलेचौर
१४. पोखरामा पहिलोपटक आयोजित ‘अन्तर्राष्ट्रिय क्रस–कन्ट्री दौड–२०१९’ को उपाधि कसले जित्यो ?
✅एपीएफ
१५. कुन शैक्षिक सत्रदेखि कक्षा आठसम्मका पाठ्यपुस्तक रङ्गीन बनाइने भएको छ ?
✅शैक्षिक सत्र २०७७
(चार वर्षअघि कक्षा १–३ र दुई वर्षअघि ४–५ को पाठ्यपुस्तक रङ्गीन बनाइएको ।)
१६. युरोपियन आउटडोर कन्जर्भेसन एसोसिएसनद्वारा छनोट गरिएको संरक्षण परियोजनामा नेपालको कुन संरक्षण परियोजना उत्कृष्ट पाँचभित्र पर्न सफल भएको छ ?
✅ध्वाँसे चितुवा संरक्षण परियोजना
१७. नागढुङ्गा–नौबिसे सुरुङमार्गको शिलान्यास कहिले गरिएको हो ?
✅विसं २०७६ कात्तिक ४
१८. नेपाललाई खुला दिसामुक्त राष्ट्र कहिले घोषणा गरिएको हो ?
✅विसं २०७६ असोज १३
१९. नेपाल सरकारले विदेशी मुलुकसँग लगानीका लागि ‘द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता (बिप्पा)’ को सट्टा कुन ढाँचा लागू गर्न थालेको छ ?
✅द्विपक्षीय लगानी सम्झौता (बीआईए)
२०. संयुक्त राज्य अमेरिकाको सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतको नेपाल सम्बन्धित कार्यक्रमको कार्यान्वयन सम्झौता कहिले गरिएको हो ?
✅विसं २०७६ असोज १२ (सन् २०१९ सेप्टेम्बर २९)
(अमेरिकी सरकारले एमसीसी कार्यक्रमअन्तर्गत नेपाललाई ५० करोड डलर उपलब्ध गराउने । खासगरी विद्युत्को पहुँच बढाउने र यातायात खर्च कम गर्ने किसिमका परियोजनामा यो रकम खर्च गरिने भएको ।)
२१. नेपालकै पहिलो बालविवाहमुक्त घोषित नगरपालिका कुन हो ?
✅बुद्धभूमि नपा, कपिलवस्तु (विसं २०७६ भदौ १०)
२२. अंशुबर्माको शासनकालमा भारतका शासक सम्राट हर्षवद्र्धन थिए भने तिब्बतका शासक को थिए ?
✅श्रङचङ गम्पो
२३. नेपालमा पहिलोपटक कलेजो प्रत्यारोपण कहिले गरियो ?
✅विसं २०७३ मङ्सिर २२, भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा
२४. महिला सशक्तीकरणका लागि मूलभूत विषयलाई सम्बोधन गर्ने निर्णयसँगै ‘बेइजिङ प्लस २५ समीक्षा’ बैठक नेपालमा कहिले सम्पन्न भयो ?
✅विसं २०७६ कात्तिक १–२
२५. काठमाडौँ उपत्यकामा विद्युतीय बस सेवाको सुरुवात कहिलेदेखि गरिएको हो ?
✅विसं २०७६ भदौ २३
२६. विसं २०७६ भदौ २९ मा मनाइएको बालदिवसको नारा के हो ?
✅सुनिश्चित बालअधिकार, समृद्ध नेपालको आधार
२७. सन् २०१९ अक्टोबर १७ मा मनाइएको अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको नारा के हो ?
✅गरिबी निवारणका लागि बालबालिका, उनीहरूको परिवार र समुदायको सशक्तीकरणका लागि सहकार्य
२८. प्रदेश ५ कै पहिलो ट्रमा सेन्टर कहाँ स्थापना गरिएको छ ?
✅बुटवल (औपचारिक उद्घाटन ः २०७६ कात्तिक १)
२९. नेपालको कुन ठाउँमा सारस प्रजनन केन्द्र रहेको छ ?
✅कपिलवस्तु
३०. बीबीसीद्वारा सार्वजनिक विश्वका सयजना प्रेरणादायी एवम् प्रभावशाली महिलाको सूची (सन् २०१९) मा पर्न सफल नेपाली चेली को हुन् ?
✅वोनिता शर्मा
(विभिन्न छ विधामध्ये बोनिताले आफ्नो ज्ञान र सोचाइले पोषण सुधारका लागि पु¥याएको योगदान प्रशंसनीय रहेको बीबीसीले जनाएको । सोसल चेन्ज मेकर्स एन्ड इनोभेट्स (सोचाइ) नामक संस्था स्थापना गरी उहाँले पोषण सुधारका कार्यक्रम सञ्चालन गर्नुभएको ।) (Like and Share)